कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

जबरजस्ती करणी उद्योगका अभियुक्त पक्राउ

डम्बरसिं राई

खोटाङ — बराहपोखरी गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । गत वैशाखको दोस्रो सातातिर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उदयपुर चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय रविन राई पक्राउ परेका हुन् ।

जबरजस्ती करणी उद्योगका अभियुक्त पक्राउ

राईलाई शनिबार उदयपुरको बेल्टारमा पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले सोमबार बताए ।

उनलाई पाँच दिनको म्याथ थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए ।


प्रकाशित : श्रावण १५, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?