कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

हराएको १४ दिनपछि मृत फेला

ओखलढुंगा — सुनकोशी गाउँपालिका १ बलखुका ५४ वर्षीय नुनबहादुर राई घरबाट बेपत्ता भएको १४ दिनपछि मृत फेला परेका छन् । सुनकोशी गाउँपालिकाको मोलुङ खोला र सुनकोशी नदीको दोभान नजिकै पर्ने सुनकोशी नदी किनारमा मंगलबार राई मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी चैतको ७ गतेदेखि बेपत्ता थिए । स्थानीयले मंगलबार शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी घटनास्थल पुगेर बेवारिसे शवको बारेमा सोधखोज गर्दा नुनबहादुर राईको रहेको पुष्टि भएको हो । थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानसँगै शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?