कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१३१ महिला तथा बालिकाको उद्धार

मोरङ — एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाको दाबी छ ।

माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार सन् २०२२ देखि हालसम्म उद्धार गरिएकामध्ये १८ देखि ६० वर्ष उमेरसम्मका ८९ र १२ देखि १८ वर्षमुनि उमेरका ४२ छन् । सबभन्दा बढी मोरङका ३६, सुनसरीका २१, झापाका १५, काठमाडौंका ९, उदयपुरका ७, धनकुटा, इलाम, भोजपुरका ५/५, संखुवासभाका ४, सप्तरी, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, लमजुङ, सिन्धुलीका २/२ जना भएको उसले जनाएको छ । यस्तै, कैलाली, धनुषा, कपिलवस्तु, काभ्रेपलाञ्चोक, सर्लाही, सिरहा, गोर्खाका १/१ र सीमावर्ती भारतीय गाउँका ३ जनाको उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको पोखरेलले बताए ।

मोरङका ३४ जनामध्ये विराटनगर महानगरपालिकाका १४, रंगेली र सुन्दरहरैंचा नगरपालिकाका ४/४, कटहरी गाउँपालिकाका ४, बेलबारी र कानेपोखरीका २/२, उर्लाबारी, धनपालथान र सुनवर्षीका १/१ जना छन् । त्यसैगरी जातीय आधारमा चौधरी र राजवंशी समुदायका ३४, राई, लिम्बु, मगर, तामाङ, लामा ३४, ब्राह्मण/क्षेत्री २५, विक/परियार १८, तराईवासी ८, मुस्लिम ५, नेवार ३, धिमाल, भुजेल, अग्रवाल, माझी समुदायका १/१ जना छन् ।

यो वर्ष महिला तथा बालिका हराएको सम्बद्धमा परेको ४७ वटा उजुरीमध्ये ११ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको पोखरेलले बताए । बेचबिखनमा परेका एक महिलालाई भारतको दिल्लीबाट उद्धार गरिएको छ । बेचबिखनमा परेका एक बालिकालाई यो वर्ष रानी नाकाबाट उद्धार गरेर मुद्दासमेत दायर गरिएको उनले बताए । सन् २०१० देखि हालसम्ममा रानी नाकाबाट १ हजार १ सय ६९ महिला तथा बालिकाको उद्धार गरेको उक्त संस्थाले तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त अवधिमा उक्त संस्थामा ५ सय ५१ महिला तथा बालिका हराएको उजुरी दर्ता भएकामध्ये ८३ जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाइएको तथ्यांकमा उल्लेख छ । मोरङको इलाका प्रशासन कार्यालय उर्लाबारीमा राहदानी बनाउन आएका १ हजार ४ सय ३९ पुरुष र १ हजार ३५ महिलालाई वैदेशिक रोजगारीका बारे सचेतनामूलक शिक्षा दिएको पोखरेलले बताए ।

प्रकाशित : पुस १२, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×