कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विष्टलाई शंखरत्न पत्रकारिता पुरस्कार प्रदान

संखुवासभा — नेपाल पत्रकार महासंघ संखुवासभाको ११औँ साधारणसभाको अवसरमा पत्रकार गंगा विष्ट पुरस्कृत भएका छन् । विष्टलाई त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको शंखरत्न पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

विष्टलाई शंखरत्न पत्रकारिता पुरस्कार प्रदान

उनलाई शुक्रबार ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो । विष्ट पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य हुन् ।

विष्ट साढे २ दशकदेखि पत्रकारिता पेशामा संलग्न छन् । शंखरत्न पत्रकारिता पुरस्कार यसै वर्ष स्थापना गरिएको पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीले बताए ।

जिल्लामा बसेर सक्रिय पत्रकारिता गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ त्रिरत्नले एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरेको अध्यक्ष जेनी शाक्यले बताइन् ।

प्रकाशित : पुस १, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?