कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मझुवागढीमा उधौलीको रौनक

डम्बरसिं राई

खोटाङ — तलतल सिमसारैमा ए होइ हलहलेको साग छ स्यामुना

मझुवागढीमा उधौलीको रौनक

कसको छोरा, कसको छोरी ए होइ तिम्रै माया लाग्छ स्यामुना

ढोल, झ्याम्टाको तालमा गीत गाउँदै दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौलीको अवसरमा बिहीबार तन्नेरीहरु रमाए । किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले संयुक्तरुपमा आयोजना गरेको साकेला सिलीमा किरातीहरु मात्र होइन, गैरकिरातले समेत लहर मिलाएका छन् । किरातीहरुले मसिरे पूर्णिमामा उधौली र वैशाखे पूर्णिमामा उभौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली र वैशाखे पूर्णिमाको बेला उभौली लाग्ने भएकाले उभौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष जमानशेर राईले बताए ।

उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मंसिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको राईले बताए । वैशाखे पूर्णिमाको बेला उभौली अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप नआओस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । उभौली–उधौली आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ । उधौलीको अवसरमा बिहीबार जन्तेढुंगा, खोटेहाङलगायत ठाउँमा पनि उधौली मनाइएको राईले बताए ।

साकेला सिली किरातीहरुले मात्र नभई सबै जातजाति तथा धर्म समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । ‘साकेला किराती संस्कृतिअनुसार महत्वपूर्ण पर्व ,’ राईले भने, ‘के किराती के गैरकिराती सबै जातजातिको सहिष्णुता, एकता र भाइचारा विकास गर्ने सबैको साझा समृद्ध संस्कृति बनिसकेको छ ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा साकेला नाच्दै । तस्बिर : डम्बरसिं राई

प्रकाशित : मंसिर २२, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?