२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोटाङको मात्तिमबिर्तामा बस दुर्घटना, ४ जना घाइते

खोटाङ — साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा आइतबार बिहान बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । उक्त पालिकाको मानेभञ्ज्याङबाट दिक्तेल आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस मात्तिमबिर्ताको कामीस्वारामा बिहान ८ बजेतिर पल्टिँदा चार जना घाइते भएका हुन् ।

खोटाङको मात्तिमबिर्तामा बस दुर्घटना, ४ जना घाइते

साकेला गाउँपालिका–५ का वडाअध्यक्ष जीवन न्यौपानेका अनुसार दुर्घटनामा सल्यानको शारदा नगरपालिका घर भएका सहचालक मिलन मगर, साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दीपेन्द्र तामाङ, ४५ वर्षीया कल्पना राई र ऐंसेलुखर्क गाउँपालिकाकी २८ वर्षीया इन्दिरा पुरी घाइते भएका हुन् ।

ब्रेक फेल भएर सडकमा बस पल्टिएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । घाइतेहरुको अवस्था सामान्य रहेको डिएसपी मुकारुङले बताए । उनीहरुलाई घटनास्थलमा स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचारपछि जिल्ला अस्पतालमा ल्याइएको छ । टाउको, कान, खुट्टामा सामान्य चोट लागेको डिएसपी मुकारुङले बताए । गाडीमा चालक सुदन विश्वकर्मासहित ६ जना सवार थिए ।

प्रकाशित : मंसिर १८, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?