कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरविरूद्ध विराटनगरका व्यापारी आन्दाेलित

देवनारायण साह

मोरङ — विराटनगरका व्यापारी विराटनगर महानगरविरूद्ध आन्दाेलित बनेका छन् । व्यापारीहरूले पसल अगाडि प्रदर्शनमा राखिएका सामग्री महानगरले सडकपेटीमा राखेकाे भन्दै उठाएर लगेकाे आरोप लगाउँदै पसल बन्द गरेर आन्दाेलनमा उत्रिएका हुन् ।

महानगरविरूद्ध विराटनगरका व्यापारी आन्दाेलित

मोरङ व्यापार संघ माेरङका पूर्वअध्यक्ष उद्याेगी पवन शारडाले व्यापार, व्यवसाय मन्दी भएकाे बेला आफ्नै पसल अगाडि प्रदर्शनमा राखेका समान महानगरले जबरजस्ती उठाएर लैजाने आपराधिक कार्य गरेकाले व्यापारीहरू आन्दाेलनमा उत्रिन बाध्य भएकाे बताए ।

´विराटनगरमा व्यापार-व्यवसाय सुरू गरेदेखि व्यापारीहरूले पसल अगाडि राखेकाे समान महानगरले कुनै सल्लाह नै नगरी जबरजस्ति उठाउन मिल्छ ?,` उनले भने, ´याे निन्दनीय कार्य राेकेर महानगरले विराटनगरमा व्यापार व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्नुपर्नेमा अवराेध पुर्‍याउनु आपत्तिजनक कार्य हाे ।’

माेरङ व्यापार संघ माेरङका अध्यक्ष नवीन रिजालले महानगरले सडककाे सरसफाइ, सवारी पार्किङकाे व्यवस्थापन नगरी व्यापारीलाई दुःख दिनु अन्यायपूर्ण भएकाे गुनासाे पाेखे । उनले पसल अगाडि सडकमा सवारी पार्किङ गर्दा हिँडडुलमा असहज नहुने तर व्यापारीले आफ्नाे पसल अगाडि सामान प्रदर्शनमा राख्दा असहज हुने भन्न‍ु हाँस्यास्पद भएकाे बताए ।

विराटनगरका निमित्त प्रमुख प्रकाश साहले महानगरले सर्वसाधारणलाई सडकपेटीबाट आवतजावतमा सहजीकरणका लागि व्यापारीहरूलाई सामान नराखिदिन सूचना जारी गरे पनि नटेरेकाले सामान हटाएर कारबाही गर्न बाध्य भएकाे बताए ।

प्रकाशित : मंसिर १२, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?