दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग- कोशी - कान्तिपुर समाचार

दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

डम्बरसिं राई

खोटाङ — दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अगुवाइमा आइतबार ज्ञापनपत्र बुझाइएको हो । 

खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुलाई हेर्ने गरी २०६२ सालमा दिक्तेलमा राखिएको आयोगको कार्यालय अन्यत्र सार्ने सूचनापछि ज्ञापनपत्र बुझाइएको नगरप्रमुख भट्टराईले बताए । स्थानीयको मागलाई बेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने भट्टराईले चेतावनी दिए ।

ज्ञापनपत्र आयोगका अध्यक्ष तपबहादुर मगर, सदस्यहरु मिहिर ठाकुर, मनोज दुवाडीलगायतलाई बुझाएको भट्टराईले सुनाए ।

प्रकाशित : मंसिर ११, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

विदेशमा रहेका नेपालीलाई 'सीआरएन' लिन सीडीएससीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — सीडीएससीले विदेशमा रहेका नेपालीलाई प्राथमिक सेयर (आईपीओ) भर्ने प्रयोजनका लागि अनिवार्य रपमा सीआरएन (सीआस्बा रजिस्ट्रेसन नम्बर) लिन आग्रह गरेको छ । प्राथमिक सेयर (आइपीओ) भर्दा विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आरक्षणको व्यवस्था भएसँगै सीडीएससीले यस्तो आग्रह गरेको हो ।

विदेशमा रहेका नेपालीले आफ्नो रेमिट्यान्स बचत खाता भएको बैंकमार्फत यस्तो सीआरएन लिनुपर्दछ । त्यहीं सीआरएन लिइसकेपछि विदेशमा रहेका नेपालीले ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आईपीओ भर्न सक्नेछन् । कुनै पनि संगठित संस्थाद्वारा निष्कासित प्राथमिक सेयरको १० प्रतिशत विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था हालै गरिएको छ । यो व्यवस्था लागू भइसकेकोले अब आईपीओ खोल्ने कम्पनीले विदेशमा रहेका नेपालीलाई आरक्षण कोटा छुट्याउनुपर्नेछ ।


प्रकाशित : मंसिर ११, २०७९ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×