तेह्रथुममा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
तेह्रथुम — विजय र्यालीबाट फर्कने क्रममा तेह्रथुममा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![तेह्रथुममा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/damak-gathabandhan-0252022025129-27112022072551-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को २१ प ४२२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । लिम्बू नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।
म्याङलुङस्थित दस गते पार्कमा मोटरसाइकल अनियन्त्रित भइ सडकको पिलरमा ठोकिएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया