कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

चन्द्र कार्की

तेह्रथुम — विजय र्‍यालीबाट फर्कने क्रममा तेह्रथुममा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले बताए ।

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को २१ प ४२२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । लिम्बू नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

म्याङलुङस्थित दस गते पार्कमा मोटरसाइकल अनियन्त्रित भइ सडकको पिलरमा ठोकिएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर ११, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?