खोटाङमा भतिजद्वारा काकाको हत्या

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँबुका ४२ वर्षीय पथरमान राईले काका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेका छन् । शनिबार मध्याह्न साढे १२ बजेतिर धारिलो हतियार प्रयोग गरी मानबहादुरको हत्या गरिएको हो ।
हत्यामा संलग्न पथरमान पक्राउ परिसकेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उनका अनुसार प्रहरी निरीक्षक रोमन अर्यालको टोली घटनामा पुगेको छ ।
