कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । 

इटहरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ ।

तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए ।

प्रकाशित : कार्तिक ११, २०७९ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?