कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको तुम्वेवा गाउँपालिकामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्वेवा १ आङनाका  ३० वर्षीय भक्त सम्बाहाम्फे छन् ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

उनले चलाएको मे ७ प ५४९९ नम्बरको मोटरसाइकल तुम्वेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । मोटरसाइकलमा सवार तुम्वेवा १ कै ७ वर्षीया एरिया माङलाक सामान्य घाइते छिन् ।

चालक सम्बाहाम्फेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी मौवाले जनाएको छ । मोटरसाइकल सडकदेखि करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्बाहाम्फेको शव घटनास्थलको मुचुल्कापछि जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको स्थानीय गणेश कार्कीले बताए ।

प्रकाशित : कार्तिक ७, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?