१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध

लक्ष्मी गौतम

पाँचथर — अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध

बुधबार बिहानै पाँचथरको फिदिम नगरपालिका ४ कोइरीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङबाट पाँचथर र इलाम हुँदै झापा जाँदै गरेका सवारी र ढुवानी साधनसँगै यात्रुहरू अलपत्र परेका छन् ।

पहिरो पन्छाउन फिदिम नगरपालिकाले बिहानैदेखि स्काभेटर परिचालन गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित : आश्विन २६, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?