कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

अशोक राईविरुद्ध पूर्वमेयर मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने

प्रदीप मेन्याङ्बो

सुनसरी — एमालेले सुनसरी-१ मा जसपालाई दिने निर्णय गरेपछि धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । जसपाका अशोक राई एमाले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै छन् । जसपालाई दिएको भन्दै असन्तुष्ट मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

अशोक राईविरुद्ध पूर्वमेयर मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने

एमालेबाट सुनसरी १ मा प्रतिनिधिसभातर्फ जयकुमार राई सर्वसम्मतरुपमा एक्ला उम्मेदवार सिफारिस भएका थिए । तर पार्टीले जसपाका अशोक राईलाई उठाउने भएपछि मेन्याङ्बोले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा टिकट पाउनबाट अन्तिम समयमा ‘आउट’ भएका मेन्याङ्बो संघीय तथा प्रदेश निर्वाचनमा समेत मौन थिए । तर नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल गरेर चुनावमा जाने भएपछि धरानमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

०७४ को चुनावमा जयकुमार राईले आशोक राईलाई दोब्बर मत ४४ हजार मत ल्याएर जितेका थिए । अशोक राईले २२ हजार मत मात्र ल्याएका थिए ।

सुनसरी-१ मा एमालेले सुरक्षित र पकड क्षेत्र ठानेको अवस्थामा गठनबन्धनको नाममा अर्कैलाई टिकट दिएपछि एमालेका अधिकांश नेता कार्यकर्ताहरुले विकल्पमा मेन्याङ्बोलाई स्वतन्त्र उम्मेदवारी दिन सुझाव दिएका थिए ।

निर्वाचन आयोगमा मनोनयनका लागि जानुभन्दा अगाडि उनले भने, ‘पार्टीका तर्फबाट हामीले शनिबार मध्यराति १२ बजे सम्म पर्खियौं । तर नेतृत्वले निर्णय नसच्याएपछि एमालेको साधारण सदस्य पनि नरहने र स्वतन्त्र नागरिकरूको रुपमा स्वतन्त्र उम्मेदवारी दिने टुंगोमा पुगिएको छ ।’ आफू संघमा स्वतन्त्र उम्मेदवार भए पनि प्रदेशसभा ‘क’ र ‘ख’ मा भने एमालेकै उम्मेदवारलाई जिताउने पनि उनले बताए ।

प्रकाशित : आश्विन २३, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×