कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा आइएमईबाट नगद, गरगहना लुटपाट

कान्तिपुर संवाददाता

ताप्लेजुङ — ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुटिएको छ । 

ताप्लेजुङमा आइएमईबाट नगद, गरगहना लुटपाट

चार जनाको समूहले नगद ११ लाख ५५ हजार रुपैयाँ र केही गरगहना लुटेको प्रारम्भिक जानकारी आएको प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए । उनका अनुसार एक व्यक्तिले जाकटी राखेको सुन निकाल्न हिजोदेखि सम्पर्क गरेको पाइएको छ ।

चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका हुन् । सुन कति थियो खुलेको छैन । आइएमई सञ्चालक अमर श्रेष्ठ र उनका श्रीमती मैया श्रेष्ठ देश बाहिर रहेकोले कर्मचारीले चलाइरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुटेरा समूहको खोजी गरिरहेका छन् ।

प्रकाशित : आश्विन १७, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?