कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

विप्लव भट्टराई

इलाम — मेची राजगमार्गस्थित इलामको बिव्ल्याँटे खण्डमा स्कोरपियो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आइतबार साँझ ताप्लेजुङवाट आउँदै गरेको प्र ३ बा ०८८५ नंको स्कोरपियोसँग विपरीत दिशबाट आएको प्र १—०१—०१४ प १०६० नम्बरको मोटरसाइकल ठोक्किँदा इलाम नगरपालिका ४ का २३ वर्षीय विशाल राई सख्त घाइते भएका थिए ।

इलाम अस्पतालमा उपचार हुन नसकेपछि उनलाई झापाको विर्तासिटी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कोरपियो चालक नुवाकोट निवासी छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : आश्विन १७, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?