कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४८३ जनालाई शिविरमै भत्ता

कान्तिपुर संवाददाता

खोटाङ — साकेला गाउँपालिकामा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा ४ सय ८३ जना लाभग्राहीले सेवा पाएका छन् । दसैंका बेला अशक्त तथा वृद्धवृद्धालाई सहज बनाउने उद्देश्यले उक्त पालिकाको सबै वडामा केन्द्र बनाएर शिविर सञ्चालन गरेको हो ।

नेपाल एसबीआई बैंकमा खाता भएका लाभग्राहीका लागि बैंकले वडा–वडामै रकम वितरण गरेको हो । गाउँपालिका र बैंकको संयुक्त आयोजना असोज ४ देखि ११ गतेसम्म शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन असोज ४ मा उक्त पालिकाको वडा ५ मात्तिमबिर्ताका ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, दोस्रो दिन सोही गाउँपालिकाको वडा १ बाँझेच्यानडाँडामा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, तेस्रो दिन सोही वडाकै डाडाँगाउँमा सञ्चालन गरिएको शिविरमा ७८ जना लाभग्राहीलाई १० लाख २५ हजार र असोज ७ मा वडा २ रतन्छामा सञ्चालन गरिएको शिविरमा १ सय १० जना लाभग्राहीलाई १४ लाख ९२ हजार रुपैयाँ वितरण गरिएको बैंकका प्रबन्धक असिम इङ्नाम लिम्वूले बताए ।

त्यस्तै असोज ९ मा वडा ४ मात्तिममा सञ्चालन गरिएको शिविरमा ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ मा वडा ३ खिदिमामा सञ्चालन गरिएको शिविरमा ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार गरी ६६ लाख ७२ हजार ३ सय रुपैयाँ रकम भुक्तानी गरिएको प्रबन्धक लिम्बूले सुनाए । शिविरमा गाउँपालिकाका र बैंकका कर्मचारी खटिएको साकेला गाउँपालिका सामाजिक सुरक्षा शाखा संयोजक डीएम चाम्लिङले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पनि सामाजिक सुरक्षा भत्ता वितरण शिविर गरिएको छ । उक्त शिविरमा ग्लोबल आईएमई बैंकमार्फत दुई सय १९ जना अशक्त तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?