कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृतिको सूची सार्वजनिक

कान्तिपुर संवाददाता

सुनसरी — धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार २०७८’ का लागि मंगलबार १० पुस्तकहरू छनोट गरेको छ । उक्त पुरस्कारका लागि ४० जना लेखक‚ कवि तथा साहित्यकारहरूले ०७८ सालभित्र प्रकाशित भएका आफ्ना कृति दर्ता गराएका थिए ।

‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृतिको सूची सार्वजनिक

पुस्तकालयले गठन गरेको कवि विमल कृति पुरस्कार समितिलाई निर्णायक समितिले १० श्रेष्ठ कृतिको नाम उपलब्ध गराएको हो । पुस्तकालयले नेपालमा मात्र नभएर विदेशमा बसेर नेपालीमा लेखिएका सबै विषयका पुस्तकलाई पनि मनोनयन खुला राखेको थियो ।

पुस्तकालयका संरक्षक तथा अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार कवि विमल गुरुङको ५१औं जन्मजयन्तीका अवसरमा धरान-१८ बुद्धचोकस्थित पुस्तकालयमा कात्तिक १९ गते आयोजना हुने ३१औं राष्ट्रिय कविता महोत्सव-२०७९ मा छनोट गरिएका मध्येबाट एक पुस्तकलाई परस्कार प्रदान गरिने छ । पुरस्कार राशी नगद २ लाख र ताम्रपत्र रहको छ ।

छनोट भएका पुस्तकहरूमा प्रणय शंकरको कविता संग्रह ‘काँसभाँडा’, कविता राईको उपन्यास ‘गुरू’, निर्मल तामाङको कविता संग्रह ‘जब हावा चल्छ’, दिलीप बान्तवाको कथा संग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथासंग्रह ‘तिउरी’, काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जिलिङ भर्सेस दार्जिलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ रहेको अध्यक्ष पुर्णवहादुर गुरुङले बताए ।

प्रकाशित : आश्विन ११, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?