कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा कुनै पार्टीगत कुरा चल्दैन, हामी सबै मिलेर काम गर्छौं: पवन शारडा

विराटनगर — मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन शारडाले विराटनगर आर्थिक, सामाजिक र धार्मिक रुपमा उत्कृष्ट मध्येको एक सहर रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको ‘बदलिँदा सहर’ सत्रमा विराटनगर ऐतिहासिक नगरी मात्र नभई हरेक दृष्टिले राम्रो रहेको बताए ।

विराटनगरमा कुनै पार्टीगत कुरा चल्दैन, हामी सबै मिलेर काम गर्छौं: पवन शारडा

विराटनगरमा विकासको गति पनि अपेक्षित नै रहको उनको भनाइ थियो ।

‘तीन दशकमा विराटनगरले ठूलो फड्को मारेको छ । नेपालको सबैभन्दा पुरानो जुटमिल यहाँ खोलिएको थियो । एकताका यो लत्ताकपडामा पनि अगाडि थियो । तर अहिले अहिले बिस्तारै विराटनगरले आफ्नो साख गुमाउँदै गएको छ,’ शारडाले भने, ‘यहाँ भौतिक पूर्वाधारमा गतिला काम भएका छन् । यद्यपि यहाँ जनसंख्याको चापको हिसाबले आकाशेपुल निर्माण लगायतका पूर्वाधार आवश्यक छन् ।’

विराटनगरको विकासका लागि कुनै प्रकारको विभेद र राजनीतिक पूर्वाग्रह नरहेको उनको भनाइ छ । ‘यहाँ कुनै पार्टीगत कुरा चल्दैन । हामी सबै मिलेर काम गर्छौं,’ उनले भने, ‘यहाँ धेरै विभेद छैन । यो सहर सबैलाई समेटर अघि बढ्ने हो । यसकारण यो हरेक किसिमले उपयुक्त सहर हो ।’

अहिले विराटनगर मेडिकल र शैक्षिक क्षेत्रको हब भएको र अरु प्रदेश र भारतबाट पनि विरामी उपचारका लागि आउने गरेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?