कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — २ वटा मोटरसाइकल एकापसमा ठोक्किँदा झापाको मेचीनगर नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । शुक्रबार राति साढे ११ बजेतिर मेचीनगर १२ पिपलडाँगीमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र–१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र–१–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी ३३५० नम्बर मोटरसाइकलका चालक कनकाई नगरपालिका ४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र २६७८ नम्बरको मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका ४ का ४५ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरुको शनिबार बिहान साढे १ बजेतिर बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी दुवै मोटरसाइकल चालकको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा परी ३३५० नम्बर मोटरसाइकलको पछाडि सवार कनकाई ४ का ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् ।

प्रकाशित : आश्विन ८, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?