कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा कार दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

पर्वत पोर्तेल

झापा — पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा १० सैनिक चोकमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कारमा सवार चार जना सख्त घाइते छन् ।

झापामा कार दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

झापाको दूधे–माइधर सडक खण्डमा बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक सप्तरीका ४४ वर्षीय बलराम चौधरी र सुनसरीकी ३० वर्षीया गीता चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोरङको सुन्दरहरैचा ६ की रीता चौधरी, इटहरी ८ का २७ वर्षीय तेजन चौधरी, धरान १५ कै ३३ वर्षीय राजेश चौधरी र धरान १५ का ३६ वर्षीय विभिषण दास गम्भीर घाइते छन् । उनीहरुको बिर्तामोडस्थित बिएन्डसी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?