आँखाको नानी फेर्न सहयोगको याचना

डम्बरसिं राई

खोटाङ — आँखाको ज्योति गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका १० वर्षीय अजय बर्देवालाई आर्थिक सहयोगको याचना गरिएको छ । बर्देवाको आँखाको नानी फेर्न रकम अभाव भएकोले परिवारले सहयोगको अपील गरेको हो । बर्देवाको दुबै आँखा ज्योतिविहीन छ । 

आँखाको नानी फेर्न सहयोगको याचना

भोजपुरको भोजपुर नगरपालिका–६ स्थित पालवा प्राविमा कक्षा २ मा अध्ययनरत बर्देवाको देब्रे आँखामा साथीले घोचेपछि दृष्टि गुमेको र त्यसको असरले दाहिने आँखा पनि बन्द भएको उनका बाबु चन्द्रबहादुर दर्जीले बताए । उनका अनुसार त्यही आँखाको नानी फेर्न रकम अभाव भएकोले घर–घर डुलेर गुहार माग्नु परेको छ ।

बर्देवाको आँखाको नानी असोजको तेस्रो साता फेर्न तिलगंगा अस्पतालले समय दिएको दर्जीले सुनाए । दृष्टिविहीन अजयसहित तीन छोराछोरी छाडेर श्रीमती कमला असारमा अन्यत्र गएको दर्जीले सुनाए ।

‘पैला गयो गएन भन्ने थाहा छैन,’ दर्जीले भने, ‘तर बाबुको उपचार गर्दै गर्दा अस्पतालबाटै बेपत्ता भइन् ।’ दर्जीको अजय, ८ वर्षीय विजय र ५ वर्षीया कृति छन् । दर्जीको बाबु पनि अपांग छन् । क्यान्सरले उनको एउटा खुट्टा काटिएको दर्जीले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?