कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

जंगली भाले हात्ती मृत भेटियो

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको बेलका नगरपालिका– ८ हातिसार सामुदायिक वन क्षेत्रमा आइतबार एक जंगली हात्ती मृत फेला परेको छ। कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँग जोडिएको सिसौली वन क्षेत्रमा जंगली हात्ती मृत अवस्था फेला परेको सव डिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत सन्नी झाले बताए ।

जंगली भाले हात्ती मृत भेटियो

अन्दाजी २५ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको सहायक वन अधिकृत झाले बताए । मृत अवस्थामा भेटिएको दुवै दाह्रा सुरक्षित रहेका छन् । पुच्छरको रौं भने नरहेको झाले बताए ।

अहिले मृत हात्तीको पोस्टमार्टमका लागि पशु चिकित्सक, कोसीटप्पु वन्यजन्तु आरक्षणका कर्मचारी र सहायक वन अधिकृत झा घटनास्थल पुगिसेको डिभिजन प्रमुख अम्बिकाप्रसाद पौडेलले बताए । केही दिनयता जंगली हात्तीको समूह हात्तीसार सामुदायिक वन क्षेत्रमै घुमिरहेका थिए । मृत अवस्थामा भेटिएको हात्ती तिनै हात्तीमध्येको हुनुपर्ने प्रमुख पौडेलले बताए ।

हात्ती मरेको विषयमा अनुसन्धान अघि बढाएको डिभिजन प्रमुख पौडेलेले बताए । मृत्युको कारण पोस्टमार्टमपछि थाहा पाइने उनले बताए ।

यसअघि २०७४ सालमा पनि त्यसै क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको थियो । त्यसबेलाको हात्तीलाई गोली हानिएको अवस्थामा मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?