१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

छुरा प्रहार गरी श्रीमतीको हत्या

अर्जुन राजवंशी

बिर्तामोड —  जिल्लाको झापा गाउँपालिकाका एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राति १०:१० बजेतिर झापा गाउँपालिका–६, चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले ३५ वर्षीया श्रीमती तालामई हस्दाको छुरा प्रहार गरी हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरी घर आएका नाइकेले तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा प्रहार गर्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने नाइके फरार छन् ।

प्रकाशित : भाद्र ११, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?