कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

पाथीभरा म्याराथन असोज १३ गते

आनन्द गौतम

ताप्लेजुङ — हिमालयन गाइड्स पाथीभरा म्याराथन प्रतियोगिता असोज १३ गते हुने भएको छ । पाथीभरा क्षेत्र विकास समिति, पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र नेपाली सेना भीमकाली गुल्मको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

पाथीभरा म्याराथन असोज १३ गते

दसैं तथा गुल्म दिवसको अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले बताएका छन् ।

खुला र हाफ महिला गरी दुई विधामा प्रतियोगिता सञ्चालन हुनेछ । खुलातर्फ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नु पर्ने छ । हाफ महिला म्याराथन यही मार्गको काफ्लेपार्टी पुगेर फर्किए हुने बताइएको छ । मन्दिर पुगेर फर्कँदाको दुरी करिब ४९ किलोमिटर छ भने महिला हाफ म्याराथनमा ३८ किलोमिटर दौडनुपर्ने छ ।

सदरमुकामबाट सुकेटार ८‚ सुकेटारदेखि काफ्लेपार्टी ११ र त्यहाँबाट मन्दिरसम्मको दुरी ५ किलोमिटर छ । कतिपय स्थानमा छोटो दुरी प्रयोग हुने भएकाले मापदण्डअनुसारको हुने दावी म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङ बताउँछन् ।

खुलातर्फको प्रथम पुरस्कार १ लाख ५१ हजार, द्वितीय १ लाख ११ हजार र तृतीयको ५१ हजार रुपैयाँ रहेको छ भने महिलातर्फ क्रमशः ८१, ५१ र ३१ हजार रुपैयाँ रहेको गुरुङले बताए ।

प्रकाशित : भाद्र ८, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?