छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

लक्ष्मी गौतम

पाँचथर — कक्षा ५ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले जानकारी दिए ।

थापाका अनुसार भारतको दार्जिलिङ घर भइ सोही विद्यालयमा कार्यरत शिक्षक ठटालले भदौ ३ गते साँझ सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत एक छात्रालाई बलात्कार गरेका थिए ।

घटनाका विषयमा पीडितका आफन्तले जाहेरी दिएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी भदौ ५ गते पाँचथर जिल्ला अदालतमा बुझाएर म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको पाँचथर अस्पतालमा स्वास्थ परिक्षण गरिएको छ ।

प्रकाशित : भाद्र ६, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?