कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

दुई थान पेस्तोल र नगदसहित मोरङमा दुई युवा पक्राउ

मोरङ — सशस्त्र प्रहरीले दुई थान पेस्तोल, त्यसमा लाग्ने गोली र नगदसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ तरुणचोकका २९ वर्षीय नविन धिमाललाई पक्राउ गरिएको हो ।

दुई थान पेस्तोल र नगदसहित मोरङमा दुई युवा पक्राउ

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट सिक्टीबाट खटिएको गस्ती टोलीले सुनवर्षी–८ खेरबारीमा भारतबाट नेपालतर्फ आइरहेका को २७ प ४०६ नम्बरको मोटरसाइकललाई शंका लागि चेक गर्ने क्रममा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले बताए । उक्त मोटरसाइकलमा आएका आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने म्याग्जिन र १ थान गोली र सिक्सर पेस्तोल एक थान बरामद भएको उनले बताए ।

‘आलमलाई सोधपुछ गर्ने क्रममा उक्त पेस्तोल धिमालले मगाएको बयान दिएका थिए,’ राईले भने, ‘त्यसपछि प्रहरी चौकी सिक्टी र सशस्त्र प्रहरीको संयुक्त टोलीले धिमाललाई रतुवामाई ८ दाम्राभिट्टाबाट नियन्त्रणमा लिन सफल भयौं ।’ को २२ प ६७०७ नम्बरको मोटरसाइकलमा आएका धिमालको साथबाट पेस्तोल खरिद गर्न ल्याएको ४७ हजार ७७० रुपैयाँ नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।

बरामद भएका दुवै मोटरसाइकल, पेस्तोललगायतका सामग्री, नगदसहित दुवै जनालाई कारबाहीका लागि इलाका प्रहरी रंगेलीमा बुझाएको उनले बताए ।

प्रकाशित : भाद्र ६, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×