कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा खोटाङका अध्यक्ष थापासहित ३९ जनाले पार्टी छाडे

कान्तिपुर संवाददाता

खोटाङ — जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापासहित ३९ जनाले पार्टी छाडेका छन् । जनता समाजवादी पार्टीको केन्द्रीय नेतृत्वले सैद्धान्तिक, वैचारिक र सांगठनिक विचलन ल्याएको भन्दै पार्टी परित्याग गरेका हुन् ।

जसपा खोटाङका अध्यक्ष थापासहित ३९ जनाले पार्टी छाडे

सोमबार दिक्तेल बजारमा पत्रकार सम्मेलन गरी केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, उपाध्यक्ष तथा प्रदेश समिति सदस्य मनि राई, गीता श्रेष्ठ, नवीनकिशोर राई, वसन्ती राई, सचिव जिवराज पोखरेल, सहसचिव आशिस राई, कोषाध्यक्ष सावित्री राई, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई, जिल्ला सल्लाहकार सदस्य पंचशेर राईले पार्टी छाडेका हुन् ।

सचिवालय सदस्य तथा समाजवादी युवा प्रदेश उपाध्यक्ष दिपककुमार तामाङ, सचिवालय सदस्य प्रवचन राई, मनोज राई, युवराज अधिकारी, बाबुराम कार्की, सुशिला निनाम, जुलन राई, ध्यानकुमार राई, तिलक मुदेल, सरोज राई (हौंचुर), सचिवालय सदस्य एवम् ऐसेलुखर्क गाउँपालिका अध्यक्ष किशोर राई, जिल्ला सदस्य सविन राई, भूपराज राई, चित्रकार कार्की, विनोद राई, जितकुमारी परियार, भगवती चाम्लिङ, देवान राई, कुमार श्रेष्ठ, किरण राई, सुजन राई, जिल्ला सदस्य तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष कृष्ण राईले पनि पार्टी परित्याग गरेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका समिति सदस्य सन्तोष तामाङ, खार्मी र लफ्याङ वडा समिति अध्यक्षसहित सबै, गैर भौगोलिक विशेष समिति सदस्य गजेन्द्र राई र गैर भौगोलिक विशेष समिति सदस्य तेन्जु तामाङले पनि पार्टी त्यागेको पत्रकार सम्मेलनमा जनाएका छन् ।

यस्तै, जसपाका केन्द्रीय सदस्यद्वय मदन राई र सूर्य राईले भने यसअघि नै जसपा परित्याग गरिसकेका छन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यमा नाम राखिए पनि उक्त पार्टीमा नरहने बताएका छन् । जसपामा ५३ सचिवालय सदस्य तथा ६ जना केन्द्रीय सदस्य छन् ।

प्रकाशित : श्रावण ३०, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?