कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमित प्रतिवादी उपचारकै क्रममा फरार

कान्तिपुर संवाददाता

मोरङ — लेनदेन मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भई पक्राउ परेका एक प्रतिवादी कोसी कोभिड अस्पताल विराटनगरबाट फरार भएका छन् । विराटनगर १८ का ४५ वर्षीय लक्ष्मण दास कोभिड अस्पतालबाट बुधबार राति फरार भएका हुन् । 

लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७६ वैशाख २९ गते दासलाई ६ महिना कैद सजाय तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका दासलाई इलाका प्रहरी रानीले साउन २० गते पक्राउ गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए । ‘पक्राउ परेपछि जिल्ला अदालतमा बुझाउनुअघि दासको कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो,’ उनले भने, ‘कोरोना संक्रमणपछि कोसी कोभिड अस्पतालमा भर्ना गराएर उपचार गराउने क्रममा बुधबार राति ११ बजेतिर शौचालय जाने क्रममा फरार भएको हो ।’ उनको खोजी भइरहेको श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २६, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?