कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्मी छल्न तीनजुरेमा

कान्तिपुर संवाददाता

तेह्रथुम — गर्मी बढेपछि पूर्वी तराईका स्थानीय शीतलताको खोजीमा तीनजुरेको डाँडा उक्लिन थालेका छन् । प्रदेश सरकारले ४० लाख रुपैयाँको लागतमा स्थानीय पाथीभरा मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाएपछि गर्मी छल्न र दर्शन गर्न आउनेको भीड बढेको छ । 

गर्मी छल्न तीनजुरेमा

बिर्तामोड, भद्रपुर, इटहरी, विराटनगर, जोगवनी, धरान, इनरुवालगायतबाट दैनिक सयौं आउने गरेको स्थानीय युवराज खड्काले बताए । लालीगुराँस–१ का वडाध्यक्ष दानबहादुर खड्काका अनुसार आन्तरिक पर्यटकको गन्तव्यको रुपमा तीनजुरेको विकास भइरहेको छ ।

तराई–मधेसबासीको आकर्षणले यहाँको होटल व्यवसाय पनि भरिभराउ छ । केही दिनका लागि भए पनि शीतलमा बस्न आएको झापाका राजेन्द्र सुवेदीले वताए । सुनसरीको इटहरीबाट धरान, धनकुटा, हिले, सिंधुवा, वसन्तपुर हुँदै तीनजुरे पुगिन्छ ।


प्रकाशित : श्रावण २२, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?