कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा पहिरोमा परी दुई जना घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — पहिरोले महालक्ष्मी नगरपालिका–२ लाफ्टाङमा शुक्रबार चार घरमा क्षति पुुगेको छ भने दुई जना घाइते भएका छन् ।

धनकुटामा पहिरोमा परी दुई जना घाइते

बिहान साढे ४ बजे पहिरो जाँदा स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर पुरेको थियो । त्यससँगै रहेका अन्य दुई घर समेत बिहान ११ बजेदेखि चर्किएर मानिस बस्न नहुने अवस्थामा पुगेको नगरपालिकाका प्रमुख ध्रुव रायाले जानकारी दिए । स्थानीय चित्रबहादुर बुढाथोकी र गोपाल बुढाथोकीको घर चर्किएको हो ।


विस्थापित चार परिवारलाई घटनास्थलबाट केही परका घरमा राखिने तयारी गरिएको उनले बताए । पहिरोबाट विस्थापित चार परिवारका लागि आवश्यक त्रिपाल, खाद्यन्न, लत्ताकपडा नगरपालिकाबाट वितरण गरिएको उपप्रमुख मञ्जु कार्की अधिकारीले बताइन् । तिलक र कोषमायाको घर भने पहिरोसँगै करिब तीन सय मीटर तल झरेको महालक्ष्मी–२ का वडाध्यक्ष पदम रखालले जानकारी दिए ।

घटनामा ८४ वर्षीय तिलक र उनकी छोरी मित्रमाया कटुवाल घाइते भएका छन् । दुवै जनाको दुवै हात भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पहिरोबाट घरमा रहेका अन्नपात, गहना, नगद गरी अन्दाजी ७० लाख बराबरको क्षति भएको जनाइएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?