कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिम मोलेरै प्रभावित क्षेत्रमा फर्किंदै विस्थापित

डिल्लीराम खतिवडा

उदयपुर — धार परिवर्तन गर्दै आएको सप्तकोसी पसेर जलमग्न भएको बेलका नगरपालिका क्षेत्रका विस्थापित सर्वसाधारणहरू बिहीबार बिहानैदेखि प्रभावित क्षेत्रमा फर्किन थालेका छन् । बुधबार क्षति हुन नदिन स्थानीय प्रशासनले उद्धार गरेका सर्वसाधण जोखिमकै बिच उक्त क्षेत्रमा फर्किएको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले बताए ।

जोखिम मोलेरै प्रभावित क्षेत्रमा फर्किंदै विस्थापित

जोखिम कायमै रहे पनि प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली र पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित सर्वसाधारणहरू जबरजस्ती फर्किएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । उनका अनुसार प्रभावित क्षेत्र प्रवेशमा रोक लगाउन प्रहरी परिचानल गर्नु परेको छ ।

कोसी गाउँ पसेर २ हजार ५ सय परिवारलाई विस्थापित बनाएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउँदै आएका छन् । उनका अनुसार २ हजार ५ सय परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित हुने भएका छन् । नदी नियन्त्रणका लागि दुई महिनायता गरिएको प्रयास विफल भएपछि बेलका नगरपालिका-८ डुम्रिबोटेबाट कोसी हिजो बेलका नगरपालिका क्षेत्रमा पसेको हो ।

कोसीको मूल बहाव पनि पश्चिम (उदयपुरतर्फ) मोडिएको र यसले धेरै ठूलो जोखिम निम्त्याउन सक्ने बेलका नगरप्रमुख कार्कीले बताए । नगरप्रमुख कार्कीका अनुसार डुम्रिबोटेमा कटान गरेर कोसी पुरानै धार हुँदै बगेको छ । २०४५ सालअघि कोसी ७ नम्बर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधण बताउँछन् ।

अहिले प्रभावित क्षेत्र कोसी टप्पु आरक्षण क्षेत्रको भएकाले केही वर्षयता उसले बस्ती खाली गर्न भनेको थियो । कोसी पसेको बहानमा बस्ती खाली गराउन खोजिएको भन्दै सर्वसाधारणहरू पुनः घर फर्किएको वडा नं. ३ का सदस्य फाल्गुणी कार्कीले बताए ।

झन्डै दुई महिनायता लगातार पश्चिम धार कटान गर्दै आएको सप्तकोसी बुधबार बेलका नगरपालिका-८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्रको गाउँ पसेको छ । डुम्रिबोटेबाट कोसी बेलकाको तल्लो क्षेत्रका गाउँ पसेको हो ।

प्रकाशित : श्रावण १९, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?