कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तकोसीको बाढीले कटानको जोखिम

रोकथामको प्रयास हुँदै
कान्तिपुर संवाददाता

उदयपुर — पूर्वी पहाडमा लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका नगरपालिका– ८ डुम्रीबोटेमा कटानको जोखिम बढेको छ । नदी कटान नरोकिए २० हजारभन्दा बढी नागरिक उच्च जोखिमा पर्ने आकलन गरिएको छ ।

सप्तकोसीको बाढीले कटानको जोखिम

दुई वर्षयता पश्चिम किनारतर्फ धकेलिएको कोसीले डुम्रीबोटेमा कटान गरेर बस्तीतर्फ छिरेमा उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायका बस्तीका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढी नागरिक विस्थापित हुने छन् । त्यसैगरी छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बेलका नगरपालिकका नगर प्रमुख अशोक कार्कीले बताए । कार्कीका अनुसार डुम्रीबोटेमा कटान भएमा कोसी पुरानै धार हुँदै बग्ने निश्चित छ ।

‘कोसीले डुम्रीबोटेमा ७ – ८ मिटरमात्रै कटान गरेमा जोखिम हुन्छ,’ नगरप्रमुख कार्कीले भने,‘तर अहिले कटान रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रयास गरिरहेको छ ।’ सिँचाई विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय, नगरपालिका कटान रोक्ने प्रयास गरिरहेको उनले बताए ।

कोसी कटान तीव्र भएसँगै रोकथामको प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए । ‘अहिले कटान रोक्नलाई घाँस र बाँसको जैविक बाँध निर्माण गर्ने कार्य भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘कटान रोकिएन भने कोसी पुरानै धारमा फर्किन्छ ।’ पुरानो धारमा फर्किएमा उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोसी र कचनरुप नगरपालिका समेत प्रभावित हुने उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?