कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटाको छथर जोरपाटीमा अत्यधिक वर्षाले घर भत्कियो

गोठमा पनि क्षति पुग्दा ६ वटा चौपाया मरेका छन्
रमेशचन्द्र अधिकारी

धनकुटा — अविरल वर्षाका कारण धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ स्थित एउटा घर सोमबार भत्किएको छ । स्थानीय विष्णुकुमारी लिम्बुले प्रयोग गर्दै आएको भान्छा घर भत्किएको प्रहरीले जनाएको छ ।

ढुंगा माटोले बनेको तीन कोठे घर पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

घर भत्किँदा त्यसको पर्खालले नजिकै रहेको गोठमा क्षति पुर्‍याएको बताइएको छ । जसकारण गोठमा रहेका ६ वटा चौपाय मरेका छन् । घटनाबाट अनुमानित ३ लाख बराबरको नोक्सानी भएको बताइएको छ ।

यसैगरी गत रातिदेखि परेको वर्षाले ग्रामीण क्षेत्रका अधिकांश सडक क्षतिग्रस्त भएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?