कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा ४ सय ४७ कोरोनाका सक्रिय संक्रमित

विनोद भण्डारीे

विराटनगर — प्रदेश १ मा बुधबारसम्म ४ सय ४७ जना कोरोना संमक्रमित रहेको प्रदेश जनस्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाकी सूचना अधिकारी डा संगीता राईले संक्रमित मध्ये दुई जनाको आईसीयूमा राखेर उपचार भइरहेको बताइन् । पछिल्लो पटक प्रदेश १ मा कोरोनाबाट एक जनाको मृत्यु भएको र हालसम्म कोरोनाबाट २ हजार २ सय ६१ जनाले ज्यान गुमाएको महाशाखाको तथ्यांक छ ।

पछिल्लो पटक प्रदेश १ मा कोरोनाको प्रभाव मोरङ, सुनसरी र झापामा बढी छ । राईका अनुसार कोरोना संक्रमित प्रतिशत सयमा ४० छ । पीसीआर र एन्टीजेन परीक्षण अत्यन्तै न्यून छ । उनले भनिन्, 'परीक्षण न्यून हुँदा संक्रमण दर बढी देखिएको हुन सक्छ । माक्स नलगाउने, सेनिटाइजर प्रयोग नगर्ने र भीडभाडबाट टाढा रहने चलन हराएसँगै कोरोना संक्रमण दर बढेको पाइएको छ ।'

मोरङ कारागारका ५४ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ५१ जना निको भएर कारागार फर्किसकेका कारागार प्रमुख तुलसी भगतले बताए । उनका अनुसार अन्य संक्रमितको कोसी कोभिड अस्पतालका उपचार भइरहेको छ ।

मोरङमा कोरोना संक्रमण बढ्न थालेसँगै प्रमुख नाका जोगवनीमा हेल्थ डेक्स राखेर शंकास्पदको तापक्रम चेक गर्दै प्रवेश गर्नेलाई माक्स अनिवार्य लगाउन आग्रह गरिएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

प्रकाशित : श्रावण ११, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?