चार दिन यता विराटनगरको तापक्रम दैनिक औसत ४० डिग्री सेल्सियस छ । बिनासूचना झ्यापझ्याप्ती बत्ती जाने समस्या बढेको हो । ‘यसै त गर्मीले उकुसमुकुस छ, बत्ती गइरहँदा न पन्खा चलाउन पाइन्छ, न एसी । सास फेर्नसमेत गाह्रो हुन्छ,’ स्थानीय युवक पवन गुप्ता भन्छन्, ‘बिजुली नहुँदा झन् हप्प हुन्छ ।’
आयोजक विराटनगर सिटीले सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद मैदानको फ्लडलाइटमा बिहीबार करिब ८ हजार दर्शकको ढुकढुकी शान्त पार्दै विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले पराजित गर्दै घरेलु मैदानमा ६ दशकपछि उपाधि जितेको हो ।
मोरङको धनपालथान गाउँपालिका–७ कदमाहाका आशीषकुमार मण्डल नवजीवन आधारभूत विद्यालय केन्द्रमा आइतबार भोट खसाल्नेबित्तिकै अघिल्तिरको पसलमा चियानास्ता खान छिरे । उनलाई पसले प्रेम मण्डलले सोधे, ‘भोट हाम्रै पार्टीलाई दिएको पक्का हो नि ?’ भनेकैलाई भोट दिएको उनले विश्वास दिलाए ।
प्रदेश १ मा बुधबारसम्म ४ सय ४७ जना कोरोना संमक्रमित रहेको प्रदेश जनस्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाकी सूचना अधिकारी डा संगीता राईले संक्रमित मध्ये दुई जनाको आईसीयूमा राखेर उपचार भइरहेको बताइन् । पछिल्लो पटक प्रदेश १ मा कोरोनाबाट एक जनाको मृत्यु भएको र हालसम्म कोरोनाबाट २ हजार २ सय ६१ जनाले ज्यान गुमाएको महाशाखाको तथ्यांक छ ।
मोरङको कटहरी गाउँपालिका–५ का लखीराम झाँगडको घर वरपर धानको बाला नझुलेको दशक बित्यो । पहिला त्यहाँ एक बित्ता लामा धानका बाला पहेंलपुर देखिन्थे । ५२ वर्षीय उनी पनि स्थानीय जमिनदार सर्जु सरदारको पाँच बिघा कुतमा कमाउँथे ।
अर्थमन्त्री जनार्दन शमाले आन्दोलनरत पूर्वका उद्योगीसँग बजेट निर्माणका क्रममा गल्ती भएको स्वीर्कादै बजेटमार्फत परिवर्तन भएका करमा परिमार्जन गर्ने आश्वासन दिएका छन् ।
विराटनगरमा जारी प्रथम ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा बुधबार वीरगन्ज र जनकपुर विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।वीरगन्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । लगातार दुई खेल हारेको मेचीनगर प्रतियोगिताबाट बाहिरिएको छ ।