कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा १५ वर्षीय किशोर पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका ७ स्थित ८ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

स्थानीय लक्ष्मी खोलामा पौडी खेल्न गएका ती किशोरले सोही स्थानमा नुहाउँदै गरेकी बालिकालाई ललाइफकाई मारेक कटहरे सामुदायिक वनमा लगी बलत्कार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

गत असार २८ गतेको घटना भए पनि बालिकाका आफन्तले शनिबार मात्र प्रहरी चौकी जितपुरमा उजुरी गरेका थिए ।

बालिकासँग साथमा रहेका अर्का बालकले आफन्तलाई जानकारी गराएपछि घटना बाहिरिएको थियो । आरोपित किशोरलाई पक्राउ गरी जिल्ला अदालत धनकुटाबाट म्याद लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

प्रहरी हिरासतमा राखिएका किशोरमाथि जबर्जस्ती करणी कसुरमा मुद्दा दायर गरिएको जनाइएको छ ।

प्रकाशित : श्रावण ९, २०७९ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?