कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

लोपोन्मुख तिलुङ भाषामा पढाइ

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको पिपचाहीस्थित बालविकास प्राविमा चालु शैक्षिक सत्रमा कक्षा १ देखि ऐच्छिक विषयको रूपमा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ  । नगरप्रमुख विमला राईका अनुसार पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो  ।

लोपोन्मुख तिलुङ भाषामा पढाइ

चालु शैक्षिक सत्रबाटै च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि उक्त भाषामा पढाइने राईको भनाइ छ । उक्त विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ । उक्त क्षेत्रमा लोपोन्मुख तिलुङ भाषीको बाहुल्य छ ।
तिलुङ भाषामा कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकेको नगरप्रमुख राईले बताइन् । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा भएकाले तिलुङको पठनपाठन सुरु गरिएको उनले बताइन् ।

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाडाँ र डिकुवामा तिलुङ राईहरू बस्छन् । यसबाहेक ओखलढुंगाको सल्ले, उदयपुरको लेखगाउँ, बासबोटे, रिस्कु, रूपटार, ठानागाउँ, तावाश्री, सिरहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंमा तिलुङ राईको बसोबास छ ।

उनीहरूमध्ये खोटाङको च्यास्मिटार र उदयपुरको केही गाउँमा मात्र भाषा जीवित रहेको नगरप्रमुख राईले सुनाइन् । राई तिलुङ राईको पहिलो नगरप्रमुख पनि हुन् ।

प्रकाशित : असार २५, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×