कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झालाई स्वतन्त्रता सेनानी सम्मान 

लक्ष्मी गौतम

पाँचथर — यस वर्षको स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका छन् ।

वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान पुर्‍याएका एक/एक जना पत्रकारलाई वार्षिकरुपमा सम्मानसहित पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिँदै नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको स्वतन्त्रता सेनानी सम्मान झालाई अर्पण गरेको हो ।

झालाई स्वतन्त्रता सेनानी सम्मान 

शनिबार फिदिममाआयोजित कार्यकममा झालाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित कदरपत्रले सम्मान गरेका थिए ।

यसैवीच स्वर्गीय प्रजापति जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती र हरिचरण जल्पादेवी वातावरण पत्रकारिता पुरस्कारबाट रेडियो मितेरीका स्टेशन म्यानेजर खविन लुँइटेल पुरस्कृत भएका छन् । खेलकुद पत्रकारिता पुरस्कार नगद १० हजार तथा वातावरण पत्रकारिता पुरस्कारको राशि नगद ५ हजारसहित प्रमाणपत्र रहेको छ ।

यसैबीच उत्कृष्ट फिचर विधातर्फ कान्तिपुर संवाददाता लक्ष्मी गौतम र उत्कृष्ट फोटो विधातर्फ राससका जिल्ला संवाददाता रवीन्द्र काफ्ले पुरस्कृत भएका छन् । पत्रकार महासंघ पाँचथर शाखाले फिचर र फोटो विधामा उत्कृष्ट पत्रकारलाई यसै वर्षबाट पुरस्कृत गर्न थालेको हो ।

फिचर विधातर्फ खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल र फोटो विधातर्फ फोटो पत्रकार चन्द्रशेखर कार्कीको मूल्यांकनका आधारमा गौतम र काफ्लेलाई पुरस्कृत गरिएको शाखा सचिव रामचन्द्र तामाङले जानकारी दिए । उनीहरुलाई नगद ५ हजार पुरस्कारसहित कदर पत्रमार्फत सम्मान गरिएको हो ।

पुरस्कारको रकम राहत कोषमा

कान्तिपुरकर्मी गौतमसहित दुई जना पत्रकारले आफूले पुरस्कारबापत पाएको रकम पत्रकार महासंघ पाँचथर शाखाले स्थापना गरेको आपतकालीत पत्रकारिता कोषका लागि हस्तान्तरण गरेका छन् ।

अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोरोना संकमणकालमा शाखाले स्थापना गरेको कोषलाई सुदृढ बनाउन भन्दै गौतमसहित रेडियो मितेरीका स्टेशन म्यानेजर खबिन लुइँटेलले पुरस्कार स्वरुप पाएको रकम शाखालाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : असार १८, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?