जिसस उदयपुरको प्रमुखमा गठबन्धनका विश्वकर्मा निर्वाचित


उदयपुर — जिल्ला समन्वय समिति उदयपुरमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको हो ।

समन्वय समितिको प्रमुखमा नेकपा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।
सदस्यहरूमा कांग्रेसका विष्णु कट्वाल, भिमचन्द्र राई, मन्जुकुमारी परियार तथा नेकपा माओवादी केन्द्रका विन्दाकुमारी विश्वकर्मा, इन्द्रबहादुर थापा, गोमा कार्की ढुंगाना र पदमकुमारी राई निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित : असार ९, २०७९ १४:५९