कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

आगलागीमा परी संखुवासभामा वृद्धाको मृत्यु

संखुवासभा — आगोले जलेर चैनपुरमा मंगलबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगर रहेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलोमा आगो सल्काउने क्रममा आफैंले लगाएको चोलोमा आगो सल्किएको थियो ।

बिहान करिब ७ बजे जलेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आफन्तले फेला पारेर उपचारका लागि अस्पताल ल्याएका थिए । उपचारकै क्रममा जिल्ला अस्पताल खाँदबारीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित : असार ७, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?