कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

धनकुटामा श्रीमतीमाथि खुर्पा प्रहार

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमवार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले बताए ।

तामाङ स्थानीय मछिन्द्रदेवी आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् । सुनिता रगताम्मे अवस्थामा छिमेकीको शरणमा पुगेर ज्यान जोगाएको स्थानीयले बताए ।

उनको बायाँ खुट्टा, दायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरी राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । घटनामा सम्लग्न तामाङलाई मौनाबुधुकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

घरायसी विवादका कारण घटना भएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?