धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमवार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले बताए ।
प्रहरीको कुटपिटबाट धनकुटाको सहिदभूमि गाउँपालिका ६ का एक व्यक्ति गम्भीर घाइते भएको स्थानीयले आरोप लगाएका छन् । कुटपिटको घटनाका आरोपितलाई नियन्त्रणमा लिन चार जनाको संख्यामा गएका प्रहरीले सहिदभूमि ६ माङ्तिन गाउँका ३३ वर्षीय निरन साङ्सनुन राईलाई निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् ।
छथरजोरपाटी गाउँपालिकामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका छत्रबहादुर लिम्बु विजयी भएका छन् । उनले ४ हजार ३५९ मत प्राप्त गरि जित हात पारेका हुन् । लिम्बुले नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई पराजित गरे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिम्बूले ४ हजार १६४ मत प्राप्त गरेका छन् । लिम्बु १९५ मतान्तरले पराजित भएका छन् ।
यतिबेला छोटे सार्कीलाई मादल बनाउने काममा भ्याइनभ्याइ छ । धनकुटा १ हिले बजार नजिक गैरीगाउँमा मादल बनाउने उद्योग नै सञ्चालन गरेका उनी तिहार नजिकिँदै जाँदा बिहानदेखि राति अबेरसम्म यस काममा व्यस्त हुँदै आएका छन् ।
रोपाइँको भाकासहित बाजागाजा घन्किरहेको थियो । रोपाहार धान रोप्न व्यस्त देखिन्थे । हातमा राष्ट्रिय झन्डासहित भेला भएर हातमा बिउ बोकेकाहरु धान रोप्दै थिए । तर, खेतका गरामा होइन, हिलाम्य सडकमा ।
स्वास्थ्य सामग्री हस्तान्तरणबारे समाचार संकलनका लागि पुगेका पत्रकारलाई मंगलबार स्थानीय प्रशासनले अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य संस्थाका लागि पठाएको सामग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारलाई रोक लगाइएको नेपाल पत्रकार महासंघ धनकुटाले जनाएको छ ।
पाख्रीबास नगरपालिकाले कोरोना भाइरस नियन्त्रण, उपचार तथा राहत कोषमा ३० लाख रुपैयाँ संकलन गरेको छ । जनप्रतिनिधिले एक महिनाको तलब भत्ता, अधिकृतस्तरका कर्मचारीले पाँच दिन र अन्य कर्मचारीले तीन दिन बराबरको तलब उक्त कोषमा जम्मा गरेका नगरप्रमुख विर्खबहादुर राईले बताए ।
नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालनमा रहेका गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजीओ) का कार्यालयलाई घरभाडामा नदिन उर्दी जारी गरेको छ ।