धनकुटामा किरियापुत्रीले गरे मतदान

एमाले उम्मेदवार राजेन्द्रकुमार राई र कांग्रेस उम्मेदवार दिनेश राईले पनि बिहानै मतदान गरेका छन् ।

फाल्गुन २१, २०८२

रमेशचन्द्र अधिकारी

A girl from Kiriyaputri cast her vote in Dhankuta

धनकुटा — प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री राजेन्द्रकुमार राई र नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले बिहान मतदान गरेका छन् । 

उनीहरुले धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगास्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।आम जनता पार्टीबाट उमेदवार रहेका प्रेमबहादुर थापाले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । 

उता, नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका उम्मेदवार दिनेश राईले धनकुटा नगरपालिका-६ स्थित आँखा अस्पतालको बहुउद्देश्यीय भवन केन्द्रबाट मतदान गरेका हुन् । 

किरियापुत्रीले गरे मतदान

धनकुटाका एक किरियापुत्रीले पनि मतदान गरेका छन् । धनकुटा नगरपालिका-६ पात्लेखोलाका ज्वाला पोखरेलले नगरपालिका-६ स्थित आँखा अस्पतालको बहुउद्देश्यीय भवन केन्द्रबाट मतदान गरेका हुन् ।

बाबुको किरियापुत्री बसेका पोखरेलले बिहान मतदान गरेका थिए ।

रमेशचन्द्र

Link copied successfully