ट्र्याक्टर दुर्घटना घाइते सहचालकको मृत्यु 

भाद्र २८, २०८२

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको शहीदभूमि गाउँपालिकामा शनिबार भएको ट्र्याक्टर दुर्घटनाका घाइते सहचालकको मृत्यु भएको छ । 

शहीदभूमि गाउँपालिकाको सेतीचोकबाट पञ्चकन्या आउँदै गरेको को २ त ८६९९ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो । घाइते भएका ट्र्याक्टरका सहचालक शहीद भूमि गाउँपालिका २ का १८ वर्षीय खगेन्द्र परियारको ट्र्याक्टरले च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा घाइते शहीदभूमि २ का २३ वर्षीय सचिन शिवाको भने जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

रमेशचन्द्र अधिकारी

Link copied successfully