धनकुटा — धनकुटामा प्रहरीले विभित्र समयमा बरामद गरेकाे एक हजार केजी गाँजासहित लागुऔषध शनिबार नष्ट गरेको छ ।
९ सय ९९ केजी १०८ ग्राम गाँजा, ट्रामाडोल ८ सय ९१ क्याप्सुल तथा डाइक्लोमाइन हाइड्रोक्लोराइड औषधि ८सय ९१ ट्याब्लेट नष्ट गरिएको प्रहरीले जनाएको छ । धनकुटा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकको रोहवरमा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाले नष्ट गरेको हो ।
बरामद लागुऔषध प्रयोगशालामा परीक्षण गर्न पठाउनका लागि कानुनले तोकेको निश्चित मात्रा छुट्याई बाँकी अदालतको अनुमतिबमोजिम नष्ट गरिएकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । ती लागुऔषध धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदी किनारमा नष्ट गरिएको खनालले जानकारी दिए ।
