तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार

फाल्गुन १७, २०८१

रमेशचन्द्र अधिकारी

Rescue of two teenage girls held hostage for three days

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ । 

मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । 

उनीहरुलाई तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । दुवै किशोरीलाई स्थानीय सनिश याख्खाको घरमा बन्धक बनाइएको वक्ता खनालले बताए ।

घटनामा संलग्न रहेको आरोपमा उर्लाबारी नगरपालिका-५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र चौबिसे-३ गढीगाउँका वर्ष १९ कै सनिश याक्खा पक्राउ परेका छन् । किशोरीलाई उनीहरुले ललाइफकाई भगाएर ल्याएको प्रहरीको भनाइ छ ।

मुढेबास प्रहरी चौकीले नियन्त्रणमा लिएका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगी अनुसन्धान अघि बढाइएको छ ।

रमेशचन्द्र अधिकारी

Link copied successfully