कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथरमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीय टिका सेर्माको भीरबाट लडेर ज्यान गएको छ ।

उनको मंगलबार बिहानै घाँस काट्ने क्रममा स्थानीय उत्ताने भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनी भीरबाट लडेको जानकारी उनका छिमेकी र आफन्तले प्रहरीलाई दिए लगत्तै प्रहरी चौकी आङसराङबाट गएको प्रहरी टोलीले स्थलगत अध्ययन गरी शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको पनि प्रहरीले जनाएको छ ।

दुई दिनअघि जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ का ७१ वर्षीय रिङकनाथ आङवुहाङको पनि स्थानीय भीरबाट लडेर मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?