कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

डा. केसी भन्छन्- फेरि सत्याग्रह गर्न तयार छु

लक्ष्मी गौतम

पाँचथर — स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता प्रा. डा‍. गोविन्द केसीले दुर्गमका नागरिकको स्वास्थ्य अधिकारका लागि पुनः एकपटक सत्याग्रह गर्न तयार रहेको बताएका छन् ।

डा. केसी भन्छन्- फेरि सत्याग्रह गर्न तयार छु

जनतबाट चुनिएका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र विभिन्न निकायमा रहेका सरकारी अधिकारीले कर्तव्य बिर्संदा दुर्गमका नागरिक स्वास्थ सुविधाबाट वञ्चित हुनु परेको भन्दै उनीहरूको स्वास्थ्य अधिकारका लागि आफू पुनः सत्याग्रहमा बस्न तयार रहेको बताएका हुन् ।

प्रदेश १ का पहाडी र हिमाली जिल्लाका नागरिकको स्वास्थ्य जाँच गर्दै पाँचथरको फिदिम आइपुगेका डाक्टर केसीले पहाडी र हिमाली क्षेत्रका नागरिकमध्ये धेरैले उपचार गराउन नसकेको र उपचार गराउन जाँदा ठगिनु परेको हुँदा आफूले ठाउँ-ठाउँमा सरकारी मेडिकल कलेज स्थापनाको आवाज उठाएको टिप्पणी गरे ।

निजी मेडिकल कलेज सञ्चालकहरूबाट आउने कमिसनको प्रलोभनमा राजनीतिक दलका नेताहरू ग्रामीण स्तरमा मेडिकल कलेज खोल्न सकारात्मक नरहेको उनले बताए ।

तीन दिनदेखि पाँचथर जिल्ला अस्पतालमा हाडजोर्नी र नसासँग सम्बन्धित बिरामीको स्वास्थ्योपचार गरिरहेका केसीले कान्तिपुरसँग कुरा गर्दै डाक्टर केसीले यस्तो बताएका हुन् ।

दुई महिनादेखि प्रदेश १ को सोलुखुम्बुबाट नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेका डाक्टर केसी ओखलढुंगा, भोजपुर, संखुवसभा, खोटाङ र तेह्रथुम हुँदै पाँचथर आइपुगेका हुन् । उनी शुक्रबार अपराह्न ताप्लेजुङ प्रस्थान गरेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×